अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न अध्यक्ष राईको माग

 

श्रम संस्कृति पार्टी (श्रसपा)का अध्यक्ष हर्कराज राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो माग गर्नुभएको हो ।

उहाँले  देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने उहाँको तर्क छ । उहाँले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनु भयो । उहाँले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको स्वाधिनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्य रणनीति उद्देश्यका साथ शुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छ भनेर म माग गर्न चाहान्छु । सिमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरुले गरिरहेको गितिविधिलाई सक्रिय रुपमा नेपाल सरकारले निगरानी राख्नु्पर्दछ । र संय्ुक्त राष्ट्र संघमार्फत नेपालको सीमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ भन्ने म माग राख्न चाहान्छु ।’

उहाँम्ले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमा यकिन गर्ने तथा र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गर्नुभयो । 
 

#MCC #NepalPolitics #Rai #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages