निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।

यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

Nepal life insuranceimagesimagesimages