सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ ।
विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाई थियो ।

शुक्रवार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले हामी यतिधेरै कामहरुको प्रेसरमा हामी च्यापिएका छौँ कि सार्वजनिक कार्यक्रमहरुमा जान नपरेपनि हुन्थ्यो, काम मात्रै गर्न पाएपनि हुन्थ्यो, परिणाम मात्रै दिइरहन पाएपनि हुन्थ्यो भन्ने त्यो चिन्ता, त्यो चिन्तनले पनि हामी थिचिएका छौ । एउटा सही राजनीतिक संस्कार भनेको नै यही हो कि हाम्रो सरकार अव हामी एकान्टेवल छौ, हामी आफू जवाफदेही छौ । हामी एक इन्च पनि दायाँबायाँ गर्दैंनौ । नराम्रो गर्दैनौँ । तर नराम्रो गर्ने एक इन्च पनि दायाँबायाँ गर्नेलाई पनि कहीँकतै पनि छोड्दैनौँ भन्ने त्यो मूलभूत सन्देश, त्यही म्याण्डेट जनताले दिनुभएको छ । हामी त्यही लिएर आएका छौ । यसलाई विचार गरेर तपाईहामी सबैले काम गर्नुंपर्ने जरुरी छ । कहाँ बढि भएको छ । कहाँ कमी भएको छ । कहाँ के समस्या छ ? कहाँ मिलाउनुपर्नेछ । कहाँ ठोकठाक पार्नुपर्नेछ । कहाँ कारबाही गर्नुपर्नेछ ।

हामी त्यही छामीरहेका छौँ । त्यही नियालीरहेका छौँ । त्यही हेरिरहेका छौँ । मन्त्रालयका बन्द कोठाहरुमा हामी कुनै पनि सेटिङ गरिहेका छैनौ । सेटिङ गर्नेहरुलाई कसरी कारबाहीको दायरामा ल्याउने भनेर हेरिहेका छौँ । आज जनताले चाहेको त्यही हो । कृपया फेरी पनि म दोहो¥याएर भन्छु–तपाई हामी सबैको दायित्व नै त्यही हो, देश साँच्चै नै अगाडि बढिसकेको हुन्थ्यो । आज पेन्सनको समस्या छ भनेर रेडियो नेपालमा भन्नु पर्दैन्थ्यो । उपदानको समस्या छ भनेर पनि भन्नु पर्दैन्थ्यो । अव राजनीति मूल नीति मूल नहर सफा भएको छ । तपाईहरु सबैले निश्कलंकित भएर सिधा भएर पाँच वर्ष पछाडि आफूले गरेको काम फर्किएर हेर्दाखेरी गर्व गर्न सकिने गरी, अब हाम्रा छोराछोरीहरुलाई यो देशमा ठूलो आशा र भरोसाको सञ्चार गर्नेगरी कृपया काम गरिदिनुहोस् ।’

मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्न जरुरी रहेको पनि बताउनु भयो ।

#सञ्चारमन्त्री #तिमिल्सिना #सरकार #कारबाही #नेपालराजनीति #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages