भट्टराई सरकारले दुधको मूल्य पनि बढायो

दुधको मूल्यमा प्रति प्याकेट ३ रुपैयाँ वृद्धि


पेट्रोलियम पदार्थको मूल्य बढेको एक महिना नवित्दै सरकारले दुधको मूल्य पनि बढाएको छ ।

 

नेपाल दुग्ध विकास संस्थानले दुधको मुल्य बढाएको हो ।

 

बढाइएको मूल्य अनुसार अब उपभोक्ताले हरियो प्याकेटको होलमिल्क दुधका लागि प्रति प्याकेट २८ रुपैयाँ र नीलो प्याकेटको स्ट्याण्डर्ड मिल्कका लागि प्रति प्याकेट २४ रुपैयाँ तिर्नु पर्नेछ ।

 

अहिलेसम्म हरियो प्याकेटको दुधका लागि २५ र नीलो प्याकेटको दुधका लागि २२ रुपैयाँ तिर्नु पर्दथ्यो ।

 

 

दुधकोसमेत मूल्य बढेपछि जनता महंगी थप मर्कामा पर्ने पक्का छ ।