

धादिङबेसी, धादिङ | चैत्र २४, २०८२ — मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मुरलीभञ्ज्याङ धादिङको आयोजनामा “वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम” सम्पन्न भएको छ।

धादिङस्थित धादिङ क्रिक रिसोर्ट प्रा.लि., सिरान बजारमा आयोजित कार्यक्रम शाखा प्रबन्धक सुजन प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्र नम्बर ४ का केन्द्रप्रमुख सृजना गुरुङ प्रमुख अतिथि रहनुभएको थियो भने अनुगमन कार्यालय बट्टार, नुवाकोटका अनुगमन अधिकृत रविन्द्र प्रसाद कडेल विशेष अतिथि रहनुभएको थियो।

त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष सन्तोष थापा तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक चन्द्र मोक्तान अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विभिन्न केन्द्रबाट करिब १९० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन केन्द्र नम्बर ४ की केन्द्र प्रमुख सृजना गुरुङले पानसमा बत्ती बालेर गर्नुभएको थियो भने शाखाका कर्मचारी राजाराम घिमिरेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभएको थियो।

शाखा प्रबन्धक सुजन प्याकुरेलले शाखाको प्रगति समीक्षा तथा चालु आर्थिक वर्षमा प्रदान गरिएका सेवा सुविधाबारे जानकारी दिनुभयो। कार्यक्रममा अतिथिहरूले बचतको महत्व, कर्जाको सही सदुपयोग, वित्तीय अनुशासन तथा आय–व्यय व्यवस्थापनबारे सहभागीहरूलाई जानकारी दिएका थिए।

कार्यक्रममा सेवाग्राहीहरूले आफ्ना गुनासो तथा जिज्ञासा राखेका थिए भने उठाइएका गुनासाहरूको तत्काल समाधान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट चार केन्द्रलाई नगदसहित सम्मान गरिएको थियो। प्रथम स्थान हासिल गर्ने केन्द्र नम्बर १२ का केन्द्र प्रमुख विष्णु लामाले संस्थाको सेवा सुविधाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा विभिन्न केन्द्रका सदस्यहरूले गीत, गजल तथा मुक्तकमार्फत आफ्नो अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रम शाखाका कर्मचारी लेखदास श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।

#मेरोमाइक्रोफाइनान्स #धादिङ #वित्तीयसाक्षरता #लघुवित्त #ग्राहकगुनासो #FinancialLiteracy #Microfinance #Dhading #CommunityProgram #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



