ओली–लेखकलाई लगाइएको मुद्दा तत्काल खारेज गरियोस्ः एमाले

 

प्रतिपक्ष दल नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले सो माग गर्नुभएको हो ।

उहाँले ओली र काँग्रेस नेता एवं पूव गृहमन्त्री रमेश लेखकमाथि खोटपूर्ण ढंगले मुद्दा लगाउने प्रयास गरिएको भन्दै सैह्य नहुने चेतावनी समेत दिनुभयो । उपाध्यक्ष बरालले जेन–जी आन्दोलनको एउटै घटनामा पनि सुरक्षा निकाय र कर्मचारीलाई एकखालको व्यवहार तथा ओली र लेखकलाई सरकारले अर्को खालको व्यवहार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालको संविधान र विधिको शासनलाई आज देशभरी उलंघन भइरहेको छ । यो उलंघन गर्ने अधिकार सरकारलाई छैन । यस अर्थमा संविधान प्रदत्त नागरिकको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि म निर्देशनका लागि अनुरोध गर्दछु । सँगसँगै भदौ २३ र २४ को घटनालाई लिएर तीनखालको स्तरमा एक सुरक्षा निकायलाई अगलै कार्यदल बनाएर अनुसन्धान गर्ने, राष्ट्र सेवकहरुको सन्दर्भमा दोस्रो नजिर र पूर्वप्रधानमन्त्री र गृहमन्त्री केपी शर्मा ओली र रमेश लेखकको सन्दर्भमा तेस्रो नजिर जो स्थापना गर्न खोजिएको छ । यो खोटपूर्ण कानून खडा गरेर सो मुद्दा लगाउन खोजिदैछ । यसप्रति म गम्भिर आपत्ति गर्दछु । यी मुद्दाहरु खारेजजन्य छन् । यसलाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

उपाध्यक्ष बरालले सरकारले संविधान र कानूनको उलंघन गरिरहेको जिकिर गर्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

 

Nepal life insuranceimagesimagesimages