कोलोम्बियाको प्रहरी चौकीमा बम बिस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । दक्षिणी कोलोम्बियाको ट्युमैको शहरमा रहेको प्रहरी चौकीमा बिस्फोटक पदार्थले भरिएको मोटरसाइकल प्रहरी चौकीमा जवर्जस्ती प्रवेश गर्ने बित्तिकै बिस्फोट भएको बुझिएको छ ।
बिस्फोटका कारण प्रहरी चौकीमा ब्यापक क्षति पुगेको छ । घटनामा कयौं घाईते भएका छन् । घटनाको जिम्मेबारी हालसम्म कसैले नलिएतापनि कोलोम्बियाको विद्रोही समूह फार्कले घटना गराएको हुन सक्ने अनुमान गरिएको छ ।