पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध आन्दोलित विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि राजधानी तनावग्रस्त

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध आन्दोलित विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि राजधानीको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ ।

 

विद्यार्थीले सडकमा टायर बाली यातायात आवागमन अबरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धिपछि विद्यार्थीहरु आन्दोलित भएकामा सरकारले केही मूल्य घटाएको थियो तर विद्यार्थीहरुले पुरै मुल्य घटाउनु पर्ने र कालाबजारी अन्त्य हुनुपर्ने माग गर्दै आन्दोलन जारी राखेका हुन् ।

 

यसैबीच आजदेअि विद्यार्थीहरुले कालाबजारी गर्नेहरुको भण्डारमा छापा मार्ने घोषणा गरेका छन् ।