सरकारले भन्योः मध्यपूर्वका विमानस्थलहरुमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्

 

सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलहरुमा कुनैपनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ ।
शुक्रवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा प्रष्ट्याउनुभएको हो ।

उहाँले सो क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरुका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताउनु भयो ।

परराष्ट्र मन्त्रालयकाअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरु कहीँ कतै पनि अप्ठयारोमा रहेका छैनन् । नेपाल आउन चाहने कुनैपनि नेपालीलाई नेपाल एयरलाईन्स,  हिमालय एयरलाईन्स लगायतबाट स्वदेश फर्काउने काम भईरहेकाले त्यस्ता खालका कुनै समस्या भएपनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ ।

परराष्ट्र  मन्त्रालयको प्रवक्ता पौडेलले भन्नुभयो,‘अहिले पश्चिम एशिया क्षेत्रमा कहीँ पनि नेपाली नागरिकहरु ट्रान्जिटमा रहनुभएको भन्ने हामीलाई जानकारी छैन । मैले अघि नै जानकारी गराए कि हाम्रो दुतावास, उक्त क्षेत्रका नियोगहरु हाम्रो हटलाईन लगायतको जुन सिष्टम छ । पछिल्लो हामी हेर्दाखेरी त्यो खालको हामीलाई केही कतै जानकारी छैन । र त्यहाँबाट जति पनि नेपाल आउन चाहने नेपालीहरु हुनुहुन्छ । उहाँहरुलाई पनि यो हवाई सम्पर्क आकाश खुलेसँगै हवाई सेवा सुचारु हुन लागेको अवस्थामा उहाँहरु आउन सक्ने अवस्था सृजना भएको छ । यहाँहरुलाई जानकारी नैछ । माननीय परराष्ट्र मन्त्रीज्युको पहलमा नेपालको हवाई सेवा प्रदायकहरुसँगको निर्णयअनुसार नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्सलगायतले जन उडान शुरु गर्ने भन्ने थियो । त्यो शुरु भईसकेकाले यो समस्या छिटै समाधान हुँदै जानेछन् ।’

मन्त्रालयकाअनुसार स्वदेश फर्कन चाहने नेपालीहरुको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ ।

 

#मध्यपूर्व #नेपालीनागरिक #सरकार #विमानस्थल #अलपत्र #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages