अमेरिकासँग वार्ताका लागि विमानको सिटमा मृतक बालिकाको तस्बीर राखेर पाकिस्तान पुग्यो इरानी प्रतिनिधिमण्डल

 

काठमाडौँ । ईरान र अमेरिकाबीच शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तान पुगेको छ । टोलीको नेतृत्व इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफले गरिरहेका छन् ।

इस्लामाबाद पुगेपछि गालिबाफले सामाजिक सञ्जालमार्फत एक तस्वीर सार्वजनिक गरेका छन् । तस्वीरमा विमानका सिटमा चार बालबालिकाका फोटो राखिएको छ, जससँग विद्यालय झोला र फूल पनि देखिन्छ । उक्त तस्वीरले युद्धका पीडित बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको बुझिएको छ ।

गत फेब्रुअरी २८ मा इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये बालबालिका र विद्यालयका कर्मचारीसमेत रहेका थिए । उक्त आक्रमणका लागि इरानले अमेरिका र इजरायललाई दोष दिएको थियो भने अमेरिकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

इरानी प्रतिनिधिमण्डलमा प्रतिनिधिहरु, पत्रकार र अन्य कुटनीतिक प्रतिनिधिसहित ७१ जना पाकिस्तान पुगेको इरानका सरकारी मिडियाहरुले उल्लेख गरेका छन् ।

आज इस्लामाबादमा दुई देशबीच शान्ति सम्बन्धी महत्वपूर्ण बैठक वार्ता हुँदैछ । उक्त वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स सहभागी हुने कार्यक्रम छ । यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा अभिव्यक्ति दिएका छन् । उनले इरानसँग समुद्री मार्गमा दबाब सिर्जना गर्नेबाहेक अन्य विकल्प कम रहेको बताएका छन् ।

यता, इस्लामाबाद पुगेपछि गालिबाफले शान्तिको आशा रहेको तर अमेरिकामाथि विश्वास नभएको स्पष्ट पारेका छन् । उनले इरानसँग सद्भावना भए पनि अघिल्ला वार्ताको अनुभव राम्रो नरहेको र सम्झौताहरू पटक–पटक तोडिएको आरोप लगाए । उनका अनुसार यदि अमेरिका इमान्दार सहमतिका लागि तयार भए इरान पनि सकारात्मक रूपमा अघि बढ्न सक्ने संकेत दिएको छ ।

इरानले लेबनानमा युद्ध विराम हुनुपर्ने सहितका केहि शर्त समेत वार्ता अघि राखेको छ ।

#इरान #अमेरिका #पाकिस्तान #वार्ता #कूटनीति #अन्तर्राष्ट्रियसमाचार #Iran #USA #Pakistan #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages