

अत्याधुनिक प्रदर्शनी केन्द्रदेखि ‘उज्यालो पोखरा’ सम्मः पोखरा अब आधुनिक र सुरक्षित शहर
पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताउनु भयो । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो । यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने मेयर आचार्यको भनाइ छ ।

जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्नेछ । यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उहाँले बताउनु भयो । त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ ।

लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ । पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ अहिले ३३ अर्ब भन्दा बढिका विभिन्न ठूला परियोजनाहरु पोखरामा शुरु भएका छन् । केही त मेरै कार्यकालमा सकिन्छ भने केही चाँही आधाआधी भएका हुन्छन् । त्यो पनि सबैले खुला रुपमा नै देखिने खालका हुन्छन् । उदाहरणका लागि झन्डै ३ हजार मान्छेलाई रोजगारीमा जोडने खालको हाम्रो प्रदर्शनी केन्द्र बन्दैछ । त्यो पोखराको सिम्बोलको हिसावले घोप्टयाएको डुंगा जस्तो हुनेछ । सायद त्यस्तो बिल्डिङ कहीँ पनि छैन । डिजाईनको हिसावले पनि आफैँमा त्यो विल्डिङ हेर्न लायक छ । त्यसमा कोरियन सरकारको झन्डै सवा दुई अर्बको प्रोजेक्ट हो । त्यसका लागि महानगरपालिकाका ३३ वटै वडामा सय, सय जनाको कम्युनिटी बनाएका छाँै । त्यो प्रोेजेक्टलाई चाहिने इक्वीपमेन्ट दिएका छौँ । अर्को कुरा हामी भिजिट इएर २०२५ मा छौँ हामी । गत वर्ष सो अभियानको शुरु गर्ने बेला बेलुन जलेर म र तत्कालीन अर्थमन्त्री घाइते पनि भयौ ।
त्यसपछि हामीले कोइकाको झन्डै २ अर्वको सपोर्टमा हामीले जलन केन्द्र नामक अस्पताल बनाउँदैछौँ । त्यसमा नै बेबी केयर सेन्टर वा केही पनि व्यवस्था गर्ने निर्णय गर्न बाँकि छ । तर त्यो काम हुन्छ । त्यसै ठाउँमा विपद व्यवस्थापन केन्द्र एशियाली विकास बैंकको सहयोगमा टेण्डर आह्वान प्रक्रिया शुरु भएको छ । लेखनाथ नगरपालिकाको पुरानो भवन भएठाउँमा त्यो बन्दैछ । पोखरा तालैतालको शहर हो ।
सबै तालहरुलाई जोडने साईकललेन बन्दैछ । त्यो एडीबीकै प्रोजेक्ट हो । शान्ति वाटिकामा बोटानिकल गार्डेन बन्दैछ । पुरानो बजारलाई हेरिटेज साइट भनेर हनुमानढोकाजस्तो, अथवा बन्दीपुर जस्तो त्यो पोखराको रामकृष्ण टोल गणेशटोल जस्तो त्यसलाई त्यसरी बनाउने गरी त्यसको पनि गुयोजना बनेर कामको योजना शुरु हुँदैछ । पञ्चासे क्षेत्र हाम्रो महत्वपूर्ण क्षेत्र हो । त्यसमा झन्डै सवा अर्बको एउटा रिसर्च सेन्टर बनाउने र त्यसको टु लेन स्टाण्डर्डको बाटो बन्दैछ । अर्को वल्र्ड बैंकको सहयोगमा तालचोक बेगनासको बाटो, सिसाघाट बाटो, कोत्रेदेखि विरौटासम्मको बाटो जुन अहिले करिव सकिने अवस्थामा छन् । आजै जानुभयो भने पनि देख्नुहुन्छ । त्यहाँ झलमल्ल बत्ती बलिरहेको पनि देख्नुहुन्छ । आज पोखरा उज्यालो पोखरा छ । शहरका मुख्यमुख्य चोकहरुमा हाईमाक्र्स बत्ती बलिराखेको छ । उज्यालो पोखरा कार्यक्रम हामीले तीन वर्षअघि नै गरेको हो । यो सबैभन्दा पहिला हामीले नै शुरु गरेको हो । आज पोखरा तपाईंले खनेको देख्नुहुन्छ । मुुख्य बजारको बिजुलीलाई हामीले अण्डरग्राउण्ड गरिराखेका छौँ । यो पनि एडीवीकै प्रोजेक्ट हो । त्यो काठमाडौं, भरतपुर र पोखरा बाहेक अन्यत्र यो प्रोग्राम शुरु भई सकेको छैन ।’
पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ । ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तिब्र गतिमा अघि बढेको छ ।
विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ, जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्नेछ ।
#पोखरा #मेगाप्रोजेक्ट #पूर्वाधार #विकास #अन्तर्राष्ट्रियसाझेदारी #NepalDevelopment #Infrastructure #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



