

काठमाडौं । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ ।

यसअघिको सुशिला कार्की नेतृत्वको सरकारले आफ्नो ६ महिने कार्यकालमा सम्पत्ति विवरण सार्बजनिक गरेको थिएन ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण यस लिंकमा हेर्न सकिन्छ:
#प्रधानमन्त्री #मन्त्री #सम्पत्तिविवरण #सरकार #पारदर्शिता #NepalPolitics #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



