

काठमाडौं । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।

उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन् ।

आशाले दियो बाली साँझको, गैह्री खेतको शिरै हान्यो, मोहनी लाग्ला है, जस्ता लोकप्रिय नेपाली गीतमा स्वर दिएकी छन् । आशाले यति धेरै माया दियौ, आज हाम्रो भेट भएको दिन, बसन्त नै बस्न खोज्छ यहाँ (माइतिघर), किन बढ्दै छ ढुकढुकी, पहाडको माथि माथि, म प्यार बेचि दिन्छु, चन्चले मन भुल्यो तिम्रो मनमा लुकेको कुरा, माया त माया हो जस्ता नेपाली गीत गएर नेपाली गीत संगीतमा योगदान गरेकी छन् ।
#आशाभोसले #नेपालीगीत #पुरानोगीत #संगीत #NepaliMusic #LegendSinger #BollywoodSinger #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🎵



