नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो ।

नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने गरिन्छ । वर्षको पहिलो दिन भगवानसँग आफूले चिताएको मनोकामना पुरा होस् भन्ने कामनासहित श्रद्धालु तथा भक्तजनहरु विभिन्न मठमन्दिर जाने परम्परा छ । जनकपुरधाम मन्दिरमा पनि दर्शन गर्नको लागी नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आएका छन् । विशेषगरी यहाँको जानकी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ । भक्तजनहरूले वर्षको पहिलो दिन भगवानको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्षमा धार्मिक स्थलमा दर्शन गर्ने परम्परासँगै यसले धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ । माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाममा नयाँ वर्ष, रामनवमी र विवाह पंचमी जस्ता पर्वमा पर्यटकको आगमन बढ्ने गर्दछ । यसवर्ष पनि होटल, धर्मशाला तथा यातायात क्षेत्रमा चाप बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

उनीहरुका अनुसार बढ्दो पर्यटक आगमनले यहाँको आर्थिक गतिविधि समेत चलायमान बनेको छ । स्थानिय व्यवसायी जितेन्द्र कुमार साहले नेपालमा हालै नयाँ सरकार पनि बनेकोले नयाँ सालमा धेरै परिवर्तन हुने आशा राखेको बताउनु भयो ।

स्थानीय वर्तमान सरकारको सुरुवाती कामकारबाही हेर्दा नयाँ वर्ष २०८३ साल अलि नै सुखमय हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले यो सरकारलाई बलियो बनाउन र काम गर्न सक्ने वातावरण बनाउन आफूले भगवान्संग प्राथना गरेको बताउनु भयो । जनताको आर्थिक स्थितिमा सुधार, सहज रोजगारी, गुणस्तरीय स्वास्थ्य र शिक्षा भएमा देश विकास हुने र जनता चाहना पनि यही रहेको उहाँले बताउनुभयो ।

जनकपुराधार मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सुरक्षा, मन्दिरको सरसफाइ र व्यवस्थापनमा स्थानीय प्रशासनले पनि विशेष ध्यान दिएको जनाएको छ ।

#जनकपुरधाम #नयाँवर्ष२०८३ #श्रद्धालु #धार्मिकपर्यटन #भीड #जनकपुर #मन्दिर #नयाँवर्षउत्सव #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🙏

May be an image of textNepal life insuranceimagesimagesimages