सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनमा अवरुद्ध भएको लडाकु बिदाई प्रक्रिया आज बिहानैबाट नियमित भएको छ । स्वेच्छिक अवकाश लिएका लडाकुलाई रकम वितरण गर्दैगर्दा प्रवेश गरेका अयोग्य लडाकुको तोडफोडले हिजो बिदाइ प्रक्रिया अवरुद्ध भएको थियो ।
सरकारले आफ्ना मागको सम्बोधन नगरेको भन्दै करिब ६० जना शिविरभित्र छिरेर तोडफोड गरेका थिए । घटनामा झडपमा संलग्न ४० जना अयोग्य लडाकुलाई नियन्त्रणमा लिइएको थियो । अहिले कडा सुरक्षाकोबीच चेक वितरण गरिएको छ ।
आज बिहानसम्म दशरथपुरबाट तीन सय जनाले चेक बुझिसकेका छन् । यसैबीच, प्रमाणिकरणमा नपरेका माओवादी लडाकुले स्वेच्छिक अवकाश प्रक्रियामा अवरोध पु