एमालेमा नेतृत्व संकट गहिरिँदै, शंकर पोखरेलको ओलीलाई सुझावले तरंग, ओली–पोखरेलबीच दूरी बढ्दै, नेतृत्व विवाद तीव्र

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

🔥 नेकपा एमालेभित्र नेतृत्व विवाद चुलिँदै गएको छ। महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न सुझाव दिएको चर्चा बाहिरिएको छ। पार्टी पुनर्गठन, पुस्तान्तरण र नयाँ नेतृत्वबारे बहस तीव्र बनेसँगै एमालेभित्र राजनीतिक हलचल बढेको छ।

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व र पार्टी पुनर्गठनलाई लिएर आन्तरिक बहस र असन्तुष्टि बढ्दै गएको छ। पार्टी महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणबारे सोच्न सुझाव दिएको चर्चा बाहिरिएपछि एमालेभित्रको शक्ति समीकरण फेरि चर्चामा आएको छ।

स्रोतहरूका अनुसार पोखरेलले हालको राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र पार्टीको संगठनात्मक अवस्थालाई मूल्याङ्कन गर्दै अध्यक्ष ओलीलाई सम्मानजनक बहिर्गमनमार्फत पार्टी पुनर्गठनको बाटो खोल्नुपर्ने धारणा राखेका थिए। उनले पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएको बताइएको छ।

पोखरेलले आन्तरिक छलफलका क्रममा ओली नेतृत्वमा पार्टी एकताबद्ध हुन कठिन हुने र आगामी राजनीतिक प्रतिस्पर्धामा साख फर्काउन चुनौतीपूर्ण हुने निष्कर्षसमेत प्रस्तुत गरेको स्रोतहरूको दाबी छ। तर अध्यक्ष ओलीले भने तत्काल कुनै स्पष्ट प्रतिक्रिया नदिएको र बैठकमै असन्तुष्ट देखिएको चर्चा छ।

यसबीच एमालेभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र पुनर्गठनबारे बहस झन् तीव्र बनेको छ। केही नेताहरू ओलीको निरन्तर नेतृत्व पक्षमा छन् भने अर्काे समूहले पार्टीलाई नयाँ दिशातर्फ लैजान नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउँदै आएको छ।

पछिल्लो समय पार्टीभित्र देखिएको मतभेदले एमालेको आन्तरिक एकता र आगामी रणनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण पनि राजनीतिक वृत्तमा गरिएको छ।

#एमाले #केपीशर्माओली #शंकरपोखरेल #नेतृत्वविवाद #नेपालराजनीति #राजनीति #पार्टीपुनर्गठन #NepalPolitics #BreakingNews #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 

May be an image of textNepal life insuranceimagesimagesimages