सितगंगा–१३ मा ७५ प्रतिशत अनुदानमा वायु पंखे चुलो वितरण गरिने

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

अर्घाखाँची — सितगंगा नगरपालिका–१३ मा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले वायु पंखे चुलो वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ। वडा कार्यालयले वर्तमान महँगी र दाउरा तथा इन्धनको बढ्दो खर्चलाई मध्यनजर गर्दै ७५ प्रतिशत अनुदानमा चुलो वितरण गर्ने तयारी गरेको जनाएको छ।

वडा कार्यालयका अनुसार चुलो वितरणसँगै प्रयोगसम्बन्धी जानकारी दिन एक दिने अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरिनेछ।

कार्यक्रममा वडाभित्रका सम्पूर्ण राजनीतिक दलका प्रमुख, विद्यालयका प्रधानाध्यापक, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सहकारी संस्थाका सञ्चालक, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा युवा प्रतिनिधिहरूको सहभागिता अपेक्षा गरिएको छ।

उक्त अभिमुखिकरण कार्यक्रम २०८३ साल वैशाख ३ गते बिहान ११ बजे वडा कार्यालय सभाहलमा आयोजना हुने जानकारी दिइएको छ। कार्यक्रममा वैकल्पिक ऊर्जाको महत्व, वायु पंखे चुलोको प्रयोग विधि तथा यसबाट हुने आर्थिक तथा वातावरणीय फाइदाबारे जानकारी प्रदान गरिने वडा कार्यालयले जनाएको छ।

images

यस विषयमा जानकारी दिँदै वडा अध्यक्ष दुर्गा बहादुर बि.सी.ले कार्यक्रमबाट स्थानीयवासीलाई इन्धन खर्च घटाउन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सबै सरोकारवालालाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्नुभएको छ।

#सितगंगा #अर्घाखाँची #वैकल्पिकऊर्जा #स्थानीयसमाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🌱

images

 

May be an image of textNepal life insuranceimagesimagesimages

images