फेरिँदै आमाको मुख हेर्ने तरिका, स-साना अनुभुतिले पनि दिन सकिन्छ आमाहरूलाई असिम खुशी

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । आमाभित्र शान्त तर गहिरो शक्ति लुकेको हुन्छ । हामीले ध्यान नदिएको अवस्थामा पनि आमा भने हरेक पल हाम्रो बीचमा अनेक ढंगले उपस्थित हुनुहुन्छ । संसारभर लामो समयदेखि आमालाई सम्मान गर्ने तरिका केवल कार्ड, उपहार र फूलका गुच्छा दिने वा हदै भए बाहिर खाना खान लैजाने कुरासम्म सीमित थियो । तर संसारका प्रत्येक आमा एक त्यस्तो दिनकी हकदार हुनुहुन्छ, जुन दिनले उहाँले सन्तानलाई निःस्वार्थ रूपमा दिएको असीम मायाको प्रतिफल खुलेर फिर्ता गर्न सकोस् ।

आज आमाको मुख हेर्ने यस विशेष दिनमा व्यवसायहरू पनि भव्य उपहारहरूमा मात्र सीमित नभई आमाको भावना बुझेर मसिना मायालु व्यवहार मार्फत सम्मान गर्ने दिशातर्फ विकसित हुँदै गएका छन्। बैसाख कृष्ण औंसीमा आमाको मुख हेर्ने दिन मनाइने नेपालमा यो भावना जनमानसमा गहिरोसँग जोडिएको छ। यस दिन मानिसहरू आमालाई फलफूल, मिठाई र उपहार लिएर भेट्न जान्छन् र उहाँबाट आशीर्वाद लिने गर्दछन्। जसका आमा संसारमा हुनुहुन्न, उनीहरूका लागि यो दिन वहाँलाई सम्झिने, प्रार्थना र सम्मान व्यक्त गर्ने पवित्र अवसर बन्ने गर्दछ।

Single Image

आज आमाको मुख हेर्ने दिन परम्परागत तरिकाबाट अघि बढेर अझ चिन्तनशील, व्यक्तिगत र भावनात्मक रूपमा गहिरो बन्दै गएको छ। यस परिवर्तनको पछाडि टिकटकजस्ता प्लेटफर्महरू रहेका छन्, जसले मानिसहरूले उपहार खोज्ने, रोज्ने र यस दिनलाई मनाउने तरिकालाई नयाँ ढंगले रूपान्तरण गरिरहेका छन्। पहिले सामान्य उपहारहरू किने मात्र हुने चलन अहिले भने भावनाबाट सुरु भई अर्थपूर्ण अनुभवमा टुंगिने यात्रामा परिणत भएको छ।

विशेषगरी टिकटक साना तथा स्थानीय व्यवसायहरूका लागि शक्तिशाली सर्च टुल बनेको छ। सामान्य स्क्रोलमै तपाईंले कुनै आमाले प्रेमपुर्वक तयार पारिएको वेलनेस किट वा हातले बनाइएको गहनाको पोका खोल्दै गरेको भिडियो देख्न सक्नुहुन्छ जुन क्षणहरू हामीलाई वास्तविक, निकट र आत्मीय लाग्छन्। “सिमिलर फाइन्ड्स” वा एल्गोरिदममा आधारित सिफारिसहरूले उस्तै भावना झल्काउने अन्य उत्पादनहरू पनि सजिलै देखाइदिन्छन्। अब तपाईं केवल उपहार खोज्नुहुन्न, तपाईं त त्यसलाई आफ्नै अनुभव मार्फत पत्ता लगाउनुहुन्छ। यसले साना व्यवसायहरूका लागि ठूलो अवसर सिर्जना गरेको छ ।

Newfashionablecollection, dearskin__, tachisbag_, liba.jewels जस्ता व्यवसायहरूले टिकटक मार्फत आफ्ना उत्पादनहरूलाई वास्तविक र कहानीमा आधारित तरिकाले प्रस्तुत गरिरहेका हुन्छन्। ठूलो बजेट बिना नै उनीहरू सही समयमा सही दर्शकसम्म पुगेर नयाँ सोच र प्रयोगमार्फत व्यक्तिगत अनुभव सिर्जना गर्दै तीव्र रूपमा अघि बढिरहेका छन्। यसरी उनीहरूले भावनात्मक कथालाई वास्तविक व्यापारिक सफलतामा रूपान्तरण गरिरहेका छन्, त्यो पनि विशेषगरी आमाको मुख हेर्ने दिनजस्ता महत्वपूर्ण अवसरहरूमा ।

images

आमाको मुख हेर्ने दिन आजकल एक दिनमा मात्र सीमित छैन, यो त एउटा “सिजन” जस्तै बनिसकेको छ। व्यवसायहरूले वेलनेस, फेसन, गहना, यात्रा र सौन्दर्य जस्ता विभिन्न क्षेत्रमा सोचेर बनाइएका, व्यक्तिगत अनुभूति दिने अफरहरू फटाफट ल्याइरहेका छन्। आरामको आवश्यकता भएकी आमाका लागि स्पा प्याकेज, कतै घुम्ने योजना बनाइरहेकी आमाका लागि विशेष झोला, वा उहाँले मात्र बुझ्ने सन्देश कुँदिएको गहना, यी उदाहरणहरू केवल कुनै वस्तु मात्र होइनन्, यी त माया र स्नेहका अभिव्यक्ति पनि हुन्। यो परिवर्तनले समाजमा आएको फराकिलो सांस्कृतिक रूपान्तरणलाई पनि देखाउँछ। आमालाई अब भव्य र देखावटी तरिकाले मात्र होइन, साना र हरेक क्षणहरूमा महशुस हुनेगरी सम्मान गर्न थालिएको छ। मानिसहरू आभार व्यक्त गर्न अझ सचेत हुँदै गएका छन् र व्यवसायहरू पनि त्यही अनुरूप मन मुटु नै स्पर्श गर्ने तरिकाहरू सिर्जना गरिरहेका छन्।

Single Image

टिकटकमा यो परिवर्तन #MothersDaySpecial, #MothersDayIdeas, र #MothersDayGifts जस्ता ट्रेन्डिङ ह्यासट्याग मार्फत स्पष्ट देख्न सकिन्छ, जहाँ सामान्य क्रियटर र साना ब्रान्डहरूले सरल सोचलाई अर्थपूर्ण प्रेरणामा रूपान्तरण गर्दछन्। एउटा भिडियो हेरेर सुरु भएको कुरा प्रायः सामान किन्ने क्षणसम्म पुग्छ र अझ महत्वपूर्ण त, त्यो एक यस्तो संकेत बनिदिन्छ जसको प्रभाव मातातिर्थ औंसीको यो विशेष दिनभन्दा अझै धेरै समयसम्म रहिरहन्छ।

हामीले चाडपर्व मनाउने तरिका आजभोलि अझ कोमल, सुविचारित र अर्थपूर्ण बन्दै गएको छ। र यस परिवर्तनमा साना व्यवसायहरू केवल यसमा सहभागी मात्र छैनन्, उनीहरूले टिकटकजस्ता प्लेटफर्महरूको सहयोगमा आफ्नो आवाज अझ बलियो बनाउँदै नेतृत्व नै गरिरहेका छन्। आमाको मुख हेर्ने यस दिनमा उपहार जत्तिकै सुविचारित खोज पनि गरौं र त्यो खोजले तपाईंलाई हरेक परिस्थितिमा साथ दिने व्यक्तिका लागि साँच्चिकै अर्थपूर्ण उपहारसम्म पुर्‍याओस्, आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ।

#आमाकोमुखहेर्ने #आमा #मातृत्व #परिवार #संस्कार #नेपालीसंस्कृति #आमाकोमाया #समाज #खुशी #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages