टीकापुर – कैलालीमा बुधबार असिना पानी परेको छ । मंगलबार रातिबाट लगातार जसो पानी परेको छ ।
बुधबार साँझ कैलालीको पुर्वी भेगमा असिना पर्नाले बालीनालीलाई नोक्सान गरेको किसानले बताएका छन् । खेतबारीमा पाकेको तोरी र अन्य बालीलाई पनि नोक्सान पुर्याएको किसानले बताएका छन् ।
कृषि सेवा केन्द्र टीकापुरका कृषि प्राविधिक तुलसीराम सुवेदीले तोरीलाई निकै नोक्सान पुर्याउने बताए ।



