अक्षयकुमारको ‘भूत बंगला’ ले कमायाे विश्वभर ६० करोड

 

काठमाडौं, ७ बैशाख । अक्षय कुमारको नयाँ फिल्म ‘भूत बंगला’ ले रणवीर सिंहको ‘धुरन्धर २्’ बाट बक्स अफिसमा चुनौती सामना गरिरहेको छ।

रिलिजको ३१ औं दिनमा पनि, ‘धुरन्धर २’ को निरन्तर कमाईले अक्षयको फिल्मको गतिलाई असर गरेको छ।

‘भूत बंगला’ ले दुई दिनमा विश्वब्यापी रूपमा भारतीय ६० करोड कमाएको छ भने ‘धुरन्धर २’ अब १७५० करोड विश्वव्यापी क्लबमा सामेल हुने नजिक पुगेको छ।

अक्षय कुमार र प्रियदर्शनको जोडी १६ वर्षपछि ‘भूत बंगला’ बाट फर्किएको हो।

फिल्मले हिन्दी भाषामा शनिबार लगभग १९ करोड  कमाएको थियो भने शुक्रबार १२.२५ करोड कमाएको थियो। यसले दुई दिनको कुल सङ्कलन ३५ करोड पुर्‍याएको छ।

 

Nepal life insuranceimagesimagesimages