नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालमा नयाँ संविधानको खाका तयार भईसकेको खुलासा गर्नुभएको छ ।
रिपोर्टस क्लवले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले नेपालमा शान्ति प्रक्रिया र संविधान लेखनमा पछिल्ला दिनमा सन्तोषजनक प्रगति भईरहेको भन्दै केही जटिल मुद्धाहरुमा पनि दलहरु सहमतितर्पm अघि बढ्ने संकेत देखिएको उल्लेख गर्नुभयो ।
संघीयता र राज्य पुर्नसंरचनाको विषयमा नेपाली जनताको चाहना अनुसार ब्यापक राजनीतिक बहस गरेर मात्रै निर्णय लिनुपर्ने उहाँको सुझाव थियो ।
नेपाल र भारतबीच रहेको खुला सीमाका कारण विभिन्न समस्या भोग्नुपरे पनि दुई देशबीच छिट्टै बिहारमा हुन लागेको संयुक्त बैठकले धेरै समस्याको समाधान निकाल्ने आशा व्यक्त गर्नुभयो । दुइ देशबीच विद्युत प्रसारण लाईन विस्तारका विषयमा पनि एक दुइ दिनमै सहमति हुने भन्दै उहाँले अर्को हिउँदमा नेपालीहरुले लोडसेडिङ्गबाट केही राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल दक्षिण एसियाकै धनी देश बन्न सक्ने भन्दै राजदूत प्रसादले सोही मान्यतालाई आत्मसात गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सो अवसरमा उहाँले नेपाल