


नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोजिरहेको आरोप लगाउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिशोध शासन सञ्चालन प्रणालीको आधार हुन नसक्ने बताउनु भयो ।
उहाँले लोकतन्त्र र संविधानको मूल्य र मान्यताका आधारमा सरकार चलाउन आग्रह गर्नुभयो ।

उहाँले सरकार लोकतान्त्रिक मूल्यविपरीत गतिविधितर्फ उन्मुख भई अधिनायकवादी र प्रतिशोधपूर्ण बाटोमा अघि बढेमा नेपाली जनता र एमालेले त्यसको प्रतिवाद गर्ने बताउनु भयो । पुर्वाग्रह त्यागेर जनताको पक्षमा काम गर्न र आफ्ना चुनावी वाचा पूरा गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो । उहाँले यसपटकको निर्वाचनमा जनताले एमालेलार्य अस्वीकार गरेपनि सधैंका लागि पराजित नभएको बताउनु भयो ।
उहाँले पुनः जनताको विश्वास जित्ने अधिकार कसैले पनि खोस्न नसक्ने पनि उल्लेख गर्नुभयो । एमाले पुन एकिकृत भएर पुन नेपालको मुलधारमा आउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनको नतिजा मानेका छौँ, हामी जनताको माझमा गयौँ, जनताले हामीलाई यसपटक अस्वीकार गरे भन्ने कुरा हामीले स्वीकार गरेका छौँ । यसको अर्थ के होईन भने हामी सदाका लागी पराजय भयौँ भनेर स्वीकार गरेका छैनौँ । जनताको माझमा जाने र फेरिर जनताको विश्वास जित्ने हाम्रो अधिकारलाई कसैले खोस्न सक्दैैन । सरकारले अहिले जसरी प्रतिसोधपुर्ण ढंगले शासन संचालन गर्न खोजिरहेको छ, प्रतिसोध शासन संचालनको आधार हुन सक्दैन । हामी सरकारलाई सम्झाउन चाहन्छौँ, लोेकतन्त्रका आधारभुत, विश्वव्यापी मान्यताहरु र हामीले जनताको आन्दोलनको बलमा स्थापित गरेको संविधान र लोकतन्त्रको आधारभुत मूल्यबाट यो सरकार निर्देशित होस् । लोकतान्त्रिक मूल्य र मान्यता विपरित गतिविधि हुन खोज्यो, अधिनायकवादी वाटोमा हिड्न खोज्यो, प्रतिसोधको बाटोमा हिड्न खोज्यो भने नेपाली जनताले स्वभाविक रुपमा त्यसको प्रतिवाद गर्नेछन् । सरकार प्रतिशोध होइन, पुर्वाग्रह होईन, जनताको पक्षमा काम गरोस् । आफ्ना चुनावी वाचा पुरा गरोस्, हाम्रो आपत्ति छैन तर प्रतिसोध हुन सक्दैन । संविधान विपरितका कुनै पनि क्रियाकलाम मान्य हुन सक्दैन ।’
उहाँले एमालेले विगतका कमीकमजोरीलाई आत्मसमिक्षा गरेर अगाडी बढ्ने बताउनुभयो । विगतका कमीकमजोरी औल्याउँदै पार्टीको पुनगर्ठन गर्ने उहाँको भनाई छ । अर्को निर्वाचनमा पहिलो शक्ति बन्ने गरि एमालेलाई संगठित गर्ने बताउँदै उहाँले सोही अनुसार लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।



