


नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गरेर मात्र समाजवादको गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले यस्तो बताउनुभएको हो । २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापित पार्टीले देशको आमूल परिवर्तनमा खेलेको भुमिका अविस्मरणीय रहेको उहाँले बताउनु भयो । उपाध्यक्ष बादलले पार्टीले हालै व्यहोर्नुपरेको चुनावी धक्काका विषयमा गहन आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी किन हा¥यौं ? किनभने हामीले आन्तरिक र वाह्य दुवै रूपमा दक्षिणपन्थी प्रवृत्ति र अराजकतावादलाई परास्त गर्न सकेनौं । बरु उल्टो दक्षिणपन्थी प्रवृत्तिले हामीलाई प्रभावित ग¥यो । समाजवादको विजयका लागि हामीले डटेर लड्नुपर्ने छ। यो अन्तिम युद्ध हो, जहाँ हामी एकताबद्ध भएर मात्र जित्न सक्छौं। अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ । हामीले नयाँ विजय चाहने हो भने, यदि हामीले समाजवादी आन्दोलनलाई अगाडि बढाउने हो भने यी दुवै घातक प्रवृत्तिहरूलाई जरैदेखि उखेलेर मिल्काउनु पर्छ ।’
उहाँले पार्टीको ७७ वर्षको यात्रा एउटा सानो बिरुवाबाट विशाल वृक्षमा परिणत भएको उल्लेख गर्दै आज ७८ औं वर्षमा प्रवेश गर्दा नेपालको झन्डै दुई तिहाई जनमत कम्युनिष्टहरूको प्रभावमा रहेको दाबी गर्नुभयो । ७ सालको क्रान्तिदेखि ७२ सालको संविधान निर्माणसम्म कम्युनिष्टहरूको नेतृत्वदायी भूमिका रहेको उहाँको तर्क छ ।



