सितगंगा–१३ वडाध्यक्ष दुर्गा ब. बिसीको विकास प्रतिवेदन सार्वजनिक: पूर्वाधारदेखि शिक्षा र स्वास्थ्यसम्म व्यापक काम भएको दाबि 

-अनिल नेपाली अर्घाखाँची डट्कम

अर्घाखाँची, सितगंगा। सितगंगा नगरपालिका वडा नं १३ का निर्वाचित वडाध्यक्ष दुर्गा ब. बिसीले २०७४ र २०७९ सालको जनमतपछि वडाको समग्र विकासका लागि निरन्तर काम भइरहेको बताएका छन्। उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्।

No photo description available.Nepal life insurance

वडाध्यक्ष बिसीका अनुसार प्रत्येक टोलमा शाखा मोटरबाटो पुर्‍याउने काम सम्पन्न गरिएको छ भने “एक घर एक धारा” अभियान अन्तर्गत खानेपानी विस्तार कार्य अगाडि बढाइएको छ। केही ठाउँमा काम बाँकी रहे पनि छिट्टै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

May be an image of studying and text

त्यस्तै, खरका छाना विस्थापन गरी जस्तापाता वितरण अभियान जारी रहेको र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको जनाइएको छ। स्वास्थ्य सेवामा सुधार गर्दै ४ स्थानबाट सेवा प्रवाह सुरु गरिएको छ भने तीन स्थानबाट सार्वजनिक सेवा कार्यालय सञ्चालनमा ल्याइएको छ।

वडा भित्रका अधिकांश सरकारी तथा सहकारी भवन निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्। प्रहरी चौकी भवन निर्माण प्रक्रिया गृह मन्त्रालय अन्तर्गत टेण्डरमा रहेको छ। मुसियान मोटरेबल पुल, मुसियान–माझिफाँट झोलुङ्गे पुल, जहखोला झोलुङ्गे पुल र पावरा–विक्रम मोटरेबल पुल सम्पन्न भइसकेका छन्।

सिंचाइ आयोजनाहरू प्रत्येक टोलमा निर्माणाधीन अवस्थामा रहेका छन् भने केही सम्पन्न भइसकेका छन्। सानिलेख छापमा NTC टावर निर्माण सम्पन्न भइसकेको छ। सिमलपानी कृषि तथा पशुपन्छी सहकारीमार्फत किसानलाई अनुदान र बाख्रा पकेट कार्यक्रम सञ्चालन भइरहेको छ।

images

No photo description available.

शिक्षा क्षेत्रमा रिकोट आविलाई मावि स्तरमा स्तरोन्नति गरी कक्षा–८ र SEE मा नगर प्रथम नतिजा हासिल गरिएको जनाइएको छ।

images

वडा भित्र भेडामारा–सिमलपानी–भाटगाउँ–चिदिचौर–ढाव–पावरा–विक्रम सडक स्तरोन्नति अन्तर्गत ग्राभेल, RCC ढलान तथा कालोपत्रे कार्यहरू सम्पन्न र केही निर्माणाधीन अवस्थामा छन्।

images

वडाध्यक्ष बिसीले वडाको वार्षिक बजेट सीमित भए पनि प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विकास कार्य अघि बढाइएको बताए। उनले केही योजनामा नगर, प्रदेश र संघीय तहको संयुक्त जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै दक्षिण र उत्तर खाँची क्षेत्रको सडक विकासलाई दीर्घकालीन मुद्दा रहेको बताए।

#सितगंगा #अर्घाखाँची #विकास #पूर्वाधार #वडाध्यक्ष #सडक #खानेपानी #नेपाल #स्थानीयसरकार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages

 

Nepal life insurance