प्यूठान – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता खेमराज पण्डितको आईतबार निधन भएको छ । ७० वर्षको उमेरमा उनको विहान पौने एघार बजे हृदयघातका कारण निधन भएको हो ।
पार्टीको कामको शिलशिलामा प्यूठान तुषारा बसेर लिवाङको टिमुरचौरमा आफ्नो फुपुलाई भेटेर आउने क्रममा एक्कासी निधन भएको राप्रपा प्यूठानका उपाध्यक्ष वुद्धबहादुर जि.सीले बताए ।
१९९९ मंसिरमा बुवा विष्णु प्रसाद पण्डित र आमा पुनादेवी पण्डितका ६ भाई छोरा र १ बहिनी छोरी मध्ये उनी जेठो छोरा हुन । जिल्ला विकास समितिको सभापति, राष्ट्रिय पञ्चायतका माननीय सदस्य र हाल रापप्राका केन्द्रीय पवक्ताका रुपमा काम गर्दै आएका थिए । काठमाण्डौमा बस्दै आएका पण्डित १०/१२ दिन पहिले पार्टी काम र आफन्त भेट्न भन्दै प्यूठान आएका थिए ।



