– प्रताप विष्ट
हेटौंडा – विरगन्जबाट काठमाडौ तर्फ आइरहेको ना१ज २१२४ को बोलेरो जिप दुर्घटना भएको छ ।
मकवानपुरको कुलेखानी नजिकै पुलबाट जिप खस्दा ५ जना यात्रुको निधन भएको छ भने ७ जना घाइते भएका छन् ।
मृतकमध्ये एक जना नाबालक पनि रहेका छन् । गम्भीर घाइते ४ जनाको उपचारका लागि काठमाडौ लगिएको छ भने अन्य ३ जनालाई हेटौडा तर्फ लगिएको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।