अफगानिस्तानमा बाढीका कारण व्यापक क्षति; हजारौं प्रभावित

 

विगत केही सातायताको भीषण मौसमी बाढीले अफगानिस्तानभरि ठूलो क्षति पु¥याएको छ । जसका कारण घर र खेतबारी नष्ट भएका छन् र मानवीय संकट अझ गहिरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषकाअनुसार देशका ३४ मध्ये ३१ प्रान्तमा हालै आएको बाढीबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।

Nepal life insurance

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तका विपद् व्यवस्थापन अधिकारीहरूले भर्खरै आएको बाढीमा परी १५ जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । बाढीले सयौं एकड खेतबारी नष्ट गरेको छ ।

बाढीको प्रकोपले विश्वकै सबैभन्दा जोखिमपूर्ण मुलुकका रूपमा चिनिने अफगानिस्तानमा ७ हजार भन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ र २१ हजार  एकडभन्दा बढी कृषि भूमि बगाएको छ ।

#अफगानिस्तान #बाढी #प्राकृतिकविपत्ति #जनधनक्षति #हजारौंप्रभावित #मानवीयसंकट #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages