नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन गर्ने अध्यक्ष वन्तको घोषणा

 

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले ‘राष्ट्रिय फोटो पत्रकार दिवस २०२७’ मा काठमाडौंमा अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारको भुमिका’ विषयक अन्तरक्रिया, पुरस्कार घोषणा तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष वन्तले यस्तो घोषणा गर्नुभएको हो । उक्त सम्मेलन एसियासहित विश्वभरबाट एक सय भन्दा बढी फोटो पत्रकारहरु आमन्त्रण गरिने उहाँको भनाइ छ  ।

उहाँले बंगलादेशलगायत विभिन्न मुलुकका पर्यटकलाई नेपाल भित्र्र्याउन फोटो पत्रकारिता प्रभावकारी माध्यम बन्नसक्ने उल्लेख गर्दै एशियाली देशका फोटो पत्रकारलाई नेपालमा ल्याएर पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने योजना रहेको सुनाउनु भयो । उहाँले एशियाली देशहरूको साझा फोटो एसोसिएशन स्थापना गर्न सकिए त्यसले नेपालको पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गर्दै त्यसका लागि आफू लागिपरेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी बंगलादेश लगायतका पर्यटकहरुलाई कसरी नेपाल ल्याउन सकिन्छ भन्ने कुरामा लागिपरेका छौँ । राष्ट्रिय फोटो पत्रकार दिवसको १०० वर्षको उपलक्ष्यमा अगामी वर्षमा एसियन मुलुकका कमसेकम एक सय जना फोटो पत्रकार साथीहरुलाई यो देशमा निमन्त्रणा गरेर नेपाल बोलाएर अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन गर्नसक्यौँ भने हामी अझै थप उत्साहका साथ लाग्नेछौँ । हामी अर्को वर्ष यो कार्यक्रम सम्पन्न गर्नेछौँ । यसका लागि हामी सूचना तथा सञ्चार प्रविधि, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, सूचना तथा सञ्चार विभाग र नेपाल प्रेस काउन्सिलसँगको सहकार्यका त्यो कार्यक्रम गर्नेछौँ । हामीले एसियन देशहरुको एउटा फोटो एशोसिएशन जन्माउन सक्यौँ भने त्यसले मुलुकको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।’

उहाँले राज्यले निरन्तर उपेक्षा गर्दा व्यवसायिक फोटो पत्रकारहरुले संघर्षपूर्ण जीवनयापन गर्नुपरेको पनि बताउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages