बढ्दो महँगी र मल संकट समाधानका लागि किसान महासंघले सरकारको ध्यानाकर्षण गराउने

 

नेपाल किसान महासंघले रासायनिक मलको अभाव र चुलिँदो महँगीका कारण किसान गम्भीर समस्यामा परेको भन्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

मंगलवार सानेपामा बसेको महासंघको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताउनुभएको हो । उहाँले खेतीपातीको मुख्य समयमा समेत किसानले सहज रूपमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो ।

किसानका समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराउन देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको उहाँको भनाइ छ । उनका अनुसार नेपालका ७७ वटै जिल्लाका अध्यक्ष, सातै प्रदेशका अध्यक्ष र केन्द्रिय समिति एकसाथ परिचालित भएर आ–आफ्नो क्षेत्रमा एउटै दिन र एउटै समयमा सरकारलाई ज्ञापनपत्र बुझाउने तयारीमा छन् ।

हाँले भन्नुभयो, ‘विशेषतः किसानका समस्याहरु मल अभाव, बढ्दो महंगीका कारण किसान मारमा परेका छन् । यी कुराहरुमा सरकारको ध्यान जाओस् भनेर हामीले केही समयमा ७७ वटै जिल्ला अध्यक्ष, सातै प्रदेश अध्यक्ष र केन्द्रीय समिति मिलेर आआफ्नो ठाउँमा एकै दिन एउटै समयमा ज्ञापन पत्र दिने निर्णय गरेका छौँ ।’ 

उहाँले किसानको उत्पादन लागत निरन्तर बढ्दै गए पनि त्यसअनुसार बजार मूल्य सुनिश्चित हुन नसक्दा किसान थप मारमा परेको बताउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages