


काठमाडौं — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार बिहिबार राति १२ बजेबाट लागू हुनेगरी ग्यासको मूल्य बढाइएको हो।
नयाँ मूल्यअनुसार अब खाना पकाउने ग्यासको एक सिलिण्डरको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरिएको छ। यसअघि ग्यासको मूल्य २ हजार १० रुपैयाँ थियो।

त्यसैगरी, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ, जुन यसअघि १ हजार ५ रुपैयाँ रहेको थियो।
निगमका अनुसार ग्यासको मूल्य वृद्धि भए पनि पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटाइएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य लागू भएसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ भने इन्धनको मूल्य घट्दा केही राहत मिल्ने अपेक्षा गरिएको छ।



