सुपुर्दगी र सम्पति शुद्धीकरण लगायत तीन विद्येयक अनुमोदनका लागि संसद् बैठकमा पेश गरे माओवादीले नै सदन चल्न नदिने चेतावनी


काठमाडौं  – माओवादी सीपी गजुरेलले सरकारले सुपुर्दगी र सम्पति शुद्धीकरण लगायत तीन विद्येयक अनुमोदनका लागि संसद् बैठकमा पेश गरे माओवादीले नै सदन चल्न नदिने चेतावनी दिएका छन् ।

 

रिपोर्टर्स क्लवमा शुक्रबार सचिव गजुरेलले आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यस्ता विधेयक ल्याएमा संसदको बैठक नै अवरोध गर्ने चेतावनी दिएका हुन् । उनले सम्पति शुद्धीकरण र सुपुर्दगी जस्ता विधेयक राष्ट्रघाति भएकोले त्यस्ता विधेयक पारित हुन नदिन माओवादी स्थायी समितिको २९ माघको बैठकले नै निर्णय गरेको खुलासा समेत गरे।

 

‘सम्पति शुद्धीकरण र सुपुर्दगी जस्ता विद्येयक यदि सरकारले सदनमा छलफलको लागि पेश गरेमा हामी नै संसद चल्न दिदैनौं, सचिव गजुरेलले भने, ‘त्यो विधेयक पेश भएमा सदन बहिस्कार गरेर भाग्दैनौं, त्यसलाई असफल बनाइदिन्छौं ।’