स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा लिग लिडर रियाल मड्रिड विजयी भएको छ । आफ्नै मैदानमा रियाल मड्रिडले रेसिङ्ग सान्टान्डरलाई ४/० ले हराएको हो ।
रियाललाई जिताउन करिम बेन्जिमाले २ तथा क्रिश्ट्यिानो रोनाल्डो र एन्जल डि मारियाले १/१ गोल गरे । ला लिगाकै अन्य खेलहरुमा सेभियाले ओसासुनालई २/० ले हरायो भने गेटाफेले इस्पान्योलसँग १/१ गोलको बराबरी खेल्यो ।
जितपछि लिग तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडको २३ खेलबाट ६१ अंक छ । रियाल भन्दा एक खेल कम खेलेको बार्सिलोना ४७ अंक सहित दोस्रो स्थानमा छ भने २२ खेलबाट ४० अंक बटुलेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।