सरकारले राजनीतिक दलहरुले नियुक्त गरेका सबै पदाधिकारीहरु खराब हुन् भन्ने भाष्य बनाउन खोज्योः नेविसंघ निःवर्तमान अध्यक्ष शेर्पा

 

नेपाल विद्यार्थी संघका निःवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले रानजनीतिक दलहरुले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारीहरु खराब हुन् भन्ने भाष्य बनाउन खोजेको टिप्पणी गर्नुभएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले यसतो बताउनुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र साहले विगतका सरकारले गरेको सबै राजनीतिक नियुक्तिहरुको बद्नाम गर्नेगरी भाष्य निर्माण गर्नै खोजेको आरोप लगाउनुभएको हो । विगतका सरकारदे नियुक्त गरेका सबै पदाधिकारीहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउन खोजिएको उहाँको जिकिर छ । उहाँले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री बालेन्द्र साहले रानजनीतिक दलहरुले नियुक्त गरेका सबै व्यक्तिहरु र पदाधिकारीहरु खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ । यिनीहरु सबै ब्रिफ केस बुझाएर नियुक्ति खाएका हुन् भन्ने भाष्य अहिले निर्माण गर्न खोजिएको छ । प्रधानमन्त्रीज्युको क्याबिनेटको अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । अब उहाँले भनिदिनुप¥यो कति करोड बुझाएर तपाईं हिजो योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? हिजो नेपाली काँग्रेसले उहाँलाई विश्वास गरेर विज्ञताको आधारमा नियुक्त गरेको हो नि ।’

उहाँ विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवादको लागि तयार रहन आग्रह समेत गर्नुभयो ।

 

Nepal life insuranceimagesimagesimages