आपूर्ति मन्त्रीद्धारा आयल निगमले प्रयाप्त आपूर्ति गरिरहेको भए पनि ब्यापारीहरुले कालोबजारी सृजना गरेको आरोप

काठमाडौं  – वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमले माग अनुसार प्रयाप्त आपूर्ति गरिरहेको भए पनि ब्यापारीहरुले कालोबजारी गर्न कृत्रिम अभाव सृजना गरेको आरोप लगाएका छन् ।

आयल निगमले माग अनुसारको डिजेल, पेट्रोल, मट्टितेल र ग्यासको आपूर्ति गरिरहँदासमेत बजारमा अभाव हुनुले ब्यापारीहरुले कालाबजारीको लागि कृत्रिम अभाव सृजना गरेको प्रष्ट भएको उनले ठोकुवा गरे । राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा उनले ग्यास बुलेटमा राखेर सिलिण्डरमा नभरी उद्योगहरुले कृत्रिम अभाव सृजना गरेको बताए ।

मन्त्री भट्टले पेट्रोल पम्पले पनि बाँडेर आधा भएपछि भल्भ बन्द गरेर सकियो भनि लुकाएर अभाव सृजना गर्ने गरेको पाइएको जानकारी दिँदै कृतिम अभाव सृजना गरेर कालोबजारी गर्नेलाई अब सरकारले कुनै पनि हालतमा नछाडने चेतावनी दिए ।