प्रथम त्रैमासिकमा मलेसियाको औद्योगिक उत्पादनमा ४ प्रतिशतको वृद्धि

 

मलेसियाको औद्योगिक उत्पादन सूचकाङ्क (आईपीआई) मा यस वर्षको पहिलो त्रैमासिकमा ४ प्रतिशतको वृद्धि भएको छ । शुक्रवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा औद्योगिक उत्पादनमा सुधार देखिएको हो ।

मलेसियाको तथ्याङ्क विभाग (डीओएसएम) द्वारा जारी विज्ञप्तिअनुसार, समीक्षा अवधिमा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र ५.७ प्रतिशतले विस्तार भएको छ । त्यसैगरी, विद्युत क्षेत्रमा ५.२ प्रतिशतको वृद्धि रेकर्ड गरिएको विभागले जनाएको छ ।

तथ्याङ्कअनुसार मार्च महिनामा मात्र औद्योगिक उत्पादन सूचकाङ्क वार्षिक ३.१ प्रतिशतले बढेको छ । यस वृद्धिको मुख्य श्रेय उत्पादन क्षेत्रमा भएको ५.५ प्रतिशतको विस्तारलाई दिइएको छ ।
मासिक आधारमा हेर्दा, अघिल्लो महिनाको तुलनामा मार्चमा औद्योगिक उत्पादन सूचकाङ्कमा उल्लेख्य सुधार देखिएको छ। फेब्रुअरी महिनामा ९.२ प्रतिशतले ऋणात्मक रहेको यो सूचकाङ्क मार्चमा ९.३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

 

Nepal life insuranceimagesimagesimages