आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द

दाङ तुलसीपुरको मुख्य बजारमा आगलागि हुँदा पनि नगरपालिकाले दमकल नपठाएको र स्थानीय प्रशनसनले चासो नदिएको भन्दै आगलागी पिडितहरुले आज तुलसीपुर बजार बन्द गराएका छन् ।

 

गएराती भएको आगलागीवाट तुलसीपुरको विपी चोकस्थित महेन्द्र शर्मा र अजय शर्माको घरका सटरमा रहेको ९ वटा पसल जलेका थिए । विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

 

तुलसीपुरमा रहेको दमकल बिग्रिएकाले आगो निभाउनका लागी घोराहीवाट दमकल पठाइएको थियो ।