
जापान सरकारले नेपालको शिक्षा क्षेत्र सुधार कार्यक्रमका लागि नेपाल सरकारलाई १ अर्ब ६२ लाख रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग सम्बन्धी समझदारी भएको हो ।
जापान सरकारले नेपालको आधारभूत शिक्षा सुधारका लागि सञ्चालित परियोजनाका लागि ९३ करोड जापानी येन सहयोग गर्न लागेको हो ।
कृष्णहरी बाँस्कोटा र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत क्युनियो ताकाहाशी एवं जाइकाका प्रतिनिधि प्रमुख मित्स्युयोसी कावाशाकीले हस्ताक्षर गर्नुभयो ।
परियोजना सन् २००९ देखि सञ्चालन हुँदै आएको छ ।