फिल्म परालको आगोको कमाई ४ करोड नाघ्यो

 

काठमाडौँ । बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले भने बक्स अफिसमा ४ करोड कमाई पार गरेको छ ।

फिल्मले रिलिजको दुई सातामा घरेलु बक्स अफिसमा ४ करोडको आँकडा पार गरेको हो । यसका साथै यस वर्ष ४ करोड कमाउने यो पहिलो नेपाली फिल्म समेत बनेको छ । फिल्मले शनिबारसम्म ४ करोडभन्दा बढी कमाई गरेको फिल्मका निर्माता सुशील पोखरेलले जानकारी दिएका हुन् ।

निर्माता पोखरेलका अनुसार फिल्मको २६ वैशाखसम्मको कुल व्यापार ४ करोड ९ हजार ६६ रुपैयाँ ग्रस रहेको छ । कर कटौतीपछि फिल्मको नेट कमाइ ३ करोड ४८ लाख ५५ हजार ७४४ रुपैयाँ रहेको छ । यस अवधिमा फिल्मका १ लाख ४३ हजार ५७० टिकट बिक्री भएका छन् ।

गत शुक्रबारबाट तीन नयाँ फिल्म एकसाथ रिलिज भएपछि भने फिल्मको शो घटेको छ, जसका कारण अबको कलेक्सन पनि सोहि अनुसार घट्ने भएको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा ‘परालको आगो’ मा प्रकाश सपूत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी, रेनु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

images

फिल्मलाई आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको छ ।

 

images

Nepal life insuranceimagesimagesimages