ठाकुरद्वारा गाविस-२ की बेहुली २० वर्षकी पुष्पा चौधरी,१८ वर्षीया करिश्मा चोधरी र १३ वर्षीय सुष्मा चौधरीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते २२ वर्षीय निर्मला चौधरीलाई उपचारर्थ कोहलपुर लगिदैं गर्दा निधन भएको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । ट्याक्टरमा सवार अन्य २९ जना घाइते छन् । अनियन्त्रित भएर ट्याक्टर पल्टिएको हो । थारु संस्कृति अनुसार बेहुला अर्कै गाडीमा रहेकाले उनी जोगिएका छन् ।



