काभा महिला भलिबल च्याम्पियनसिप नेपालमा हुदै, ८ देशको सहभागिता हुने

 

काठमाडौं । काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुने प्रतियोगिता जेठ ८ बाट १५ गतेसम्म ८ देशको सहभागितामा हुने जानकारी दिइएको छ । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ भने नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् ।

यस पटकको प्रतियोगितामा अधिकतम ९०० देखि १ हजार मात्रै टिकट बिक्री गरिने नेपाल भलिबल संघले जानकारी दिएको छ । टिकटको मूल्य भने खेलअनुसार १०० देखि एक हजार रुपैंयाँसम्म हुनेछ । यस पटकको आधिकारिक टिकट बिक्रेता नेपाल भलिबल संघ आफैं रहेको संघले जानकारी दिएको छ ।

 

 

Nepal life insuranceimagesimagesimages