आजको मौसम पूर्वानुमान: देशभर बदलीको प्रभाव, पहाडदेखि तराईसम्म वर्षा र चट्याङको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायू, स्थानीय वायू तथा पूर्वी भू–भाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसको असरका कारण देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ । लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको छ ।

आज दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ । पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा समेत पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम थप सक्रिय हुने विभागले जनाएको छ । ती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले चट्याङ, वर्षा तथा हावाहुरीबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

#मौसम #WeatherUpdate #नेपालमौसम #वर्षा #चट्याङ #RainAlert #WeatherNews #नेपाल #कोशीप्रदेश #लुम्बिनी #बागमती #गण्डकी #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages