नीति तथा कार्यक्रममाथिका प्रश्नको प्रधानमन्त्री बालेनले आज संसदमा जवाफ दिने

 

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित रहने संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्नेछन् र त्यसमाथि दफावार छलफल हुनेछ। आजैको बैठकमा प्रधानमन्त्री शाहले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ। संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु