नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का

काठमाडौँ – आज बिहान सुदूरपश्चिमाञ्चलको सीमा क्षेत्रमा दुईवटा भूकम्प गएका छन्।

 

राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार बिहान करिब ४ बजेर ४१ मिनेट जाँदा ४.४ रेक्टर स्केल र ४ बजेर ५३ मिनेट जादा ४.९ रेक्टर स्केलको भूकम्प गएका थिए।

ती भूकम्पका केन्द्रविन्दु बझाङ र दार्चुला जिल्लाको सिमानामा पर्ने पाथरासी भञ्याङ आसपासमा भएको केन्द्रले जनाएको छ।- रासस