
गुल्मी । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले काँग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढाउन भित्री रुपमा सरकारलाई सुझाव दिएर बाहिर विद्यार्थि उचालेर आन्दोलन गरेको आरोप लगाउनुभएको छ ।
पेट्रोलियम पदार्थको अभाव हुनुभन्दा मूल्य बढाएर आपूर्ति सहज पार्न सरकारलाई सुझाव दिने तर बाहिर आएर आन्दोलन चर्काउने दोहोरो चरित्र देखाएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ गुल्मीले गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
एकीकृत नेकपा माअोवादीका स्थायी समिती सदस्य समेत रहेका रायमाझीले शान्ति र संविधानको काम टुङ्गीनै लागेकोले यसको प्रतिफलका लागी काँग्रेस एमाललेले सरकारको नेतृत्व लिन चाहेको बताउनुभएको छ ।
जेठ १४ मा संविधान निर्माण कार्य पूरा गर्ने गरी संविधानका धेरैै विबादित विषयहरुमा वर्तमान सरकार सहमति जुटाउन सफल भएकोले यसको जस लिनको लागी मात्रै उनीहरुले सरकारको नेतृत्व परीवर्तनको कुरा गरेको बताउनुभयो ।
मन्त्री रायमाझीले राज्य पुनःसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणलीको विषयमा मात्रै सहमति जुट्न नसकेको देखिएपनि भित्रीरुपमा दलहरु सहमति नजिक पुगेकोले जेठ १४ मा संविधान जारी हुने बताउनुभयो ।
सबै राजतन्त्र विरोधीहरु गणतन्त्रबादी एकभएर शान्ति प्रकृया यहाँसम्म आएकोले सबैका अडानलाई समायोजन गरी शक्ति सन्तुलनको संविधान जारी हुने बताउनुभयो । रायमाझीले अहिले सरकारको नेतृत्व परिवर्तन तत्काल संभव नभएको बताउनुभयो ।
शान्ति र संविधान प्रमुख कुरा भएकोले यसलाई टुङ्गोमा पु