अर्घाखाँचीका डा. नवीन दर्नाल भेरी अस्पतालको नयाँ मेसु, सेवाग्राहीमैत्री स्वास्थ्य सेवा दिने प्रतिबद्धता

 

अर्घाखाँचीका डा. नवीन दर्नाल भेरी अस्पतालको नयाँ मेसु, सेवाग्राहीमैत्री स्वास्थ्य सेवा दिने प्रतिबद्धता

-अर्घाखाँची डटकम सम्बाददाता ।

नेपालगन्ज— भेरी अस्पताल का नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नवीन दर्नाल लाई एक विशेष कार्यक्रमबीच स्वागत तथा शुभकामना प्रदान गरिएको छ।

May be an image of one or more peopleNepal life insurance

निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी को सरुवापछि बुधबार पदभार ग्रहण गरेका डा. दर्नाललाई बिहीबार आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा पत्रकारहरूले सामूहिक रूपमा स्वागत गरेका हुन्।

May be an image of one or more people

राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष टेकेन्द्र बस्याल, केन्द्रीय पार्षद कुशल दर्लामी, पत्रकार प्रेम सिंह, अनमोल दर्लामी लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै डा. संकेत रिसाल ले स्वास्थ्य सेवा केवल प्रशासनिक जिम्मेवारी नभई मानवीय संवेदनासँग जोडिएको सेवा भएको उल्लेख गर्नुभयो। उहाँले निवर्तमान मेसु डा. निराजन सुवेदीको कार्यकाल योगदानमूलक र स्मरणीय रहेको बताउँदै नयाँ मेसु डा. नवीन दर्नाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

May be an image of one or more people, newsroom, dais and text

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्ला निवासी डा. दर्नालले भेरी अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले अस्पतालमा बिरामीमैत्री वातावरण निर्माण, सहज उपचार सेवा, विशेषज्ञ सेवा विस्तार तथा अस्पताल व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

May be an image of one or more people, people smiling and suit

“सबै क्षेत्र र पक्षको सहकार्यमा भेरी अस्पताललाई सेवाग्राही, नागरिकमैत्री र गुणस्तरीय सेवा दिने अस्पतालका रूपमा विकास गर्न म सदैव अग्रपंक्तिमा रहेर काम गर्नेछु,” डा. दर्नालले कार्यक्रममा भन्नुभयो।

कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वसँगै भेरी अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी, व्यवस्थित र विश्वासिलो बन्ने अपेक्षा व्यक्त गरेका थिए।

#BheriHospital #DrNabinDarnal #Nepalgunj #HealthNews #Arghakhanchi #MedicalSuperintendent #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages