प्यूठानमा दैनिक ६ घण्टा लोडसेडिङ्ग गर्ने भएपछि दलहरुद्धारा चरणबद्ध आन्दोलन घोषणा

नेपाल विद्युत प्राधिरणले प्यूठानमा पनि फाल्गुन २० गतेदेखि दैनिक ६ घण्टा लोडसेडिङ्ग गर्ने भएपछि त्यहाँका दलहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

 

प्यूठानी सर्वसाधारणको श्रमदानबाट १२ मेघा वाट विद्युत निकालिए पनि अहिले नेपाल विद्युत प्राधिकरण र बुटवल पावर कम्पनीले सुनियोजित रुपमा लोडसेडिङ्ग गरेको भन्दै आन्दोलनको तयारी गरेका हुन् ।

 

आन्दोलनअन्तर्गत आज जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण प्यूठान शाखा र बुटवल पावर कम्पनीमा धर्ना गरिएको छ । लोडसेडिङ्ग फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय प्यूठान मार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र पनि पठाइएको छ ।

देशभर लोडसेडिङ भएपनि प्युठानमा भने हालसम्म लोडसेडिङ भएको थिएन ।