– अजित तिवारी
विराटनगर – उपराष्ट्रपति परमानन्द झाले राजनीतिक दलहरुले जनता र राष्ट्रप्रति चिन्तित भएर दलगत स्वार्थ भन्दा पनि माथि उठेर शान्ति र संविधान निर्माणमा लाग्नुपर्ने बताएका छन्। उनले जेपी गुप्ताको कारबाहीलाई बेमौसमको बाजाको सङ्ज्ञा पनि दिए।
विराटनगर विमानास्थलमा बुधबार अपराह्न संवाददाताहरुसित कुरा गर्दै उपराष्ट्रपति झाले राजनीतिक दलहरु जनता र राष्ट्रप्रति गम्भीर भएर नलाग्दा शान्ति र संविधान निर्माण नहुने हो कि भन्ने जनतामा शङ्का रहेकाले नेताहरुले दलगत स्वार्थ त्याग्नुपर्ने बताए।
उनले शान्ति र संविधान निर्माणका कार्य सुस्त गतिमा भए पनि राजनीतिक दलहरुले अगाडि बढाइरहेकाले निर्धारित समयमा संविधान बन्न सक्ने सम्भावना रहेको बताए। उनले शान्ति र संविधान निर्माणलाई सहमतिबाट अगाडि बढाउने समयमा सरकारले मन्त्री पदमा रहेका जेपी गुप्ताको दश वर्षअघिको मुद्दा ब्युँताएर