टर्कीद्वारा मुद्रास्फीति प्रक्षेपणमा उल्लेख्य वृद्धि

 

टर्कीले आफ्नो मुद्रास्फीति प्रक्षेपणलाई उल्लेख्य रूपमा वृद्धि गरेको छ । महँगी नियन्त्रण गर्ने प्रयासमा चुनौतीहरू थपिएपछि त्यहाँको केन्द्रिय बैंकले नयाँ तथ्यांक सार्वजनिक गरेको हो । बिहीवार इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय बैंकका गभर्नर फातिह करहानले मुद्रास्फीति अनुमानमा गरिएको ठूलो परिमार्जनबारे जानकारी दिनुभयो । उहाँकाअनुसार बैंकले सन् २०२६ का लागि मुद्रास्फीति प्रक्षेपणलाई साविकको १६ प्रतिशतबाट बढाएर २४ प्रतिशत पु¥याएको छ ।

Nepal life insurance

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण सिर्जित दबाबलाई यस वृद्धिको मुख्य कारण मानिएको छ । त्यसैगरी, बैंकले सन् २०२७ का लागि पनि मुद्रास्फीति प्रक्षेपण ९ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको छ । टर्कीको मुद्रामा आएको गिरावट र तत्कालीन समयको अपरम्परागत मौद्रिक नीतिका कारण सन् २०२२ को अक्टोबरमा वार्षिक मुद्रास्फीति दर ८५.५ प्रतिशतसम्म पुगेको थियो ।

सन् २०२३ को मध्यदेखि टर्कीले कसिलो र परम्परागत (अर्थोडक्स) आर्थिक नीति अवलम्बन गर्दै आक्रामक रूपमा मुद्रास्फीति घटाउने रणनीति अपनाएको छ । यस नीतिले मुद्रास्फीति कम गर्न सहयोग पु¥याए तापनि मूल्य वृद्धि अझै उच्च रहेको र बाह्य झट्काहरूका कारण यो अझै जोखिमपूर्ण अवस्थामा रहेको छ ।

 

Nepal life insuranceimagesimagesimages