– वेदराज पौडेलज्ञानेन्द्र सुनसरीको भादगाउँ आउने
झुम्का बजारमा बिहीबारदेखि हुने भविष्य महापुराणको शाहले उद्घाटन गर्नेछन् । कार्यक्रम अघि र पछि पूर्वका राजावादीसित भेटघाटको कार्यक्रमसमेत रहेको स्रोतले बतायो । साताभरी चल्ने पुराणमा नेपाल र भारतका धर्मालम्वीको सहभागिता रहनेछ । महापुराण लगाउन झण्डै ८० लाख खर्च हुने अनुमान छ ।
पूर्व राजाको भ्रमणलाई ध्यानमा राखेर सशस्त्र र नेपाल प्रहरीले इटहरी र झुम्का क्षेत्रमा बिहानैबाटै सुरक्षा कडा पारेको छ । झुम्का क्षेत्रमा सशस्त्र प्रहरीले आवतजावत गर्ने यात्रु र सवारी साधनलाई जाँचबुझ गरिएको छ ।
महापुराण सफल बनाउन सुनसरी, मोरङ्, झापालगायतका जिल्लामा चन्दा संकलन तीव्र पारिएको छ । सुनसरी-मोरङ्का उद्यमीको सूची र उनीहरुका लागि तोकिएको रकम विवरणका साथ गाडी लिएर मोटो रकम संकलन भइरहेको एक प्रतिष्ठित उद्यमीले बताए ।



