‘समृद्ध शितगंगा’को आधार तयार गर्दै नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन, पूर्वाधार र सुशासनमा विशेष जोड

 

नगरप्रमुख छविलाल पौडेलद्वारा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत • कृषि उत्पादनदेखि डिजिटल सेवा विस्तारसम्मका योजना अघि सारियो

अर्घाखाँची । शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै “आधुनिक कृषि र पर्यटकीय क्षेत्रको स्थापना, समुन्नत शितगंगा हाम्रो चाहना” भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राखेको जनाएको छ।

नगर प्रमुख छविलाल पौडेलले १९ औँ नगरसभाको बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, डिजिटल सेवा, सुशासन र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ।

Nepal life insurance

नगरप्रमुख पौडेलले विगत चार वर्षमा नगरपालिकाले सडक, स्वास्थ्य, शिक्षा, कृषि तथा सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै अबको चरण उत्पादनमुखी, आत्मनिर्भर र प्रविधिमैत्री शितगंगा निर्माणको हुने बताएका छन्।

नीति तथा कार्यक्रममा नगरका गौरवका सडक योजनालाई प्राथमिकता दिइएको छ भने कृषि उत्पादन वृद्धि, पशुपालन, सहकारी सशक्तीकरण र पर्यटन विकासमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

“आधुनिक कृषि र पर्यटकीय क्षेत्रको स्थापना, समुन्नत शितगंगा हाम्रो चाहना” मुख्य लक्ष्य

सुपादेउराली, डमरुदह, खुम्चिकोट, सिद्धेश्वर भगवती मन्दिर, बराहदह लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरिएको छ।

May be an image of dais and text

त्यस्तै वडा नम्बर ३ स्थित ठाडामा इलाका प्रशासन कार्यालय स्थापना गर्न संघीय सरकारसँग पहल गरिने, नगर अस्पताल स्तरोन्नति प्रक्रिया अघि बढाइने तथा प्रत्येक वडाका स्वास्थ्य संस्थामा ई–हाजिरी प्रणाली लागू गरिने नीति कार्यक्रममा समेटिएको छ।

शिक्षातर्फ “बालबालिकालाई विद्यालय पठाऔं, सिकाऔं र टिकाऔं” अभियानलाई निरन्तरता दिँदै स्मार्ट कक्षा, आवासीय विद्यालय अवधारणा, ई–हाजिरी र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले विपद् व्यवस्थापन, वातावरण संरक्षण, प्लास्टिक नियन्त्रण, खरको छाना मुक्त अभियान तथा डिजिटल प्रशासन विस्तारलाई समेत विशेष प्राथमिकता दिएको छ।

May be an image of one or more people, people studying, glasses and text

राजस्व सुधार, पारदर्शी सेवा प्रवाह, एकद्वार प्रणाली, सामाजिक सुरक्षा तथा सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरिएको छ।

May be an image of dais and text

नगरप्रमुख पौडेलले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र सरोकारवालाको साथ आवश्यक रहेको उल्लेख गर्दै “समृद्ध, आत्मनिर्भर र गौरवशाली शितगंगा निर्माण” का लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम: 

  • कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता
  • डिजिटल सेवा र ई–हाजिरी प्रणाली विस्तार
  • नगर अस्पताल स्तरोन्नति प्रक्रिया अघि बढाइने
  • इलाका प्रशासन कार्यालय स्थापनाको पहल
  • पर्यटन गन्तव्यको रूपमा धार्मिक स्थल विकास
  • रोजगार, सीप र उद्यमशीलतामा जोड
  • सुशासन, पारदर्शिता र राजस्व सुधार अभियान

 

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम: 

https://acrobat.adobe.com/id/urn:aaid:sc:AP:373d29a0-5d63-5154-b32a-c517e19eec79

https://acrobat.adobe.com/id/urn:aaid:sc:AP:373d29a0-5d63-5154-b32a-c517e19eec79

https://acrobat.adobe.com/id/urn:aaid:sc:AP:373d29a0-5d63-5154-b32a-c517e19eec79

Nepal life insuranceimagesimagesimages